काठमाडौं महानगरपालिकाले न्युरोडमा भएको नबिल बैकको शाखा हटाउने भएको छ। महानगरले केहीदिन पहिले ३५ दिने सूचना जारी गर्दै एउटा प्रयोजनको लागि भनेर महानगरमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका स्थानहरू खालि गर्न निर्देशन दिएको थियो।
उक्त सूचना जारी भएको ३५ दिनपछि महानगरका मेयर शाह आफैं अवैधानिक रूपमा बनेको संरचना हटाउन सक्रियसाथ लागेका छन्। उनले बुधबार बिहान काठमाडौं मल अगाडिको फुटपाथ र पार्किङको लागि भनेर महानगरसँग स्वीकृति लिएर व्यापार हुँदै गरेको स्थान खाली गराउन पुगेका थिए।
त्यही सूचना अनुसार उक्त बैंकको शाखालाई त्यहाँबाट हटाउन निर्देशन दिएको मेयरको सचिवालयले जनाएको छ।‘त्यो बैंकको शाखा भएको स्थानमा हामी पनि अनुगमनमा गएका थियौं। बैंक भएको उक्त स्थानको भवनको नक्सा पास गर्दा पार्किङको लागि भनेर नक्सा स्वीकृति भएको रहेछ’ मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले भने ‘त्यसैले उक्त बैंकको शाखा हटाउनको लागि निर्देशन दिएका हौं।’
Discussion about this post