नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार धरान पुगेर वृक्षारोपण गरेका छन्। प्रचण्ड बिहान जहाजबाट विराटनगर उत्रिएपछि धरान पुगेर वृक्षारोपण गरेका हुन्। प्रचण्ड धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन्।
‘हर्कले कम्युनिष्ट पार्टी अझ भनौं माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरूले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने।
जनतासँग सधैं जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्।
‘जनतासँग जोडिएर काम गर्नुस्। सधैं जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने।
जवाफमा हर्कले आफू सधैं जनतासँगै जोडिएर काम गर्ने बताएका छन्।
‘हवस् सर म सधैं जनतासँगै जोडिएर काम गर्छु,’ उनले प्रचण्डसँग भने।
त्यसअघि उनी सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन्। विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भए।
Discussion about this post