Khabar Samachar

Search
Close this search box.

नाम र कागजपत्रको दुरुपयोग भएको विषयमा छानबिनको माग गर्दै आर्यन र केकी पुगे सीआईबी

206
VIEWS

कलाकारको आवरणमा विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देशक दीपक आचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् ।

आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ता एसपी कमल थापाले जानकारी दिए ।फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । आजै बेलुकासम्म ब्युरोमा निवेदन दिने तयारीमा आफूहरु रहेको आर्यनले अनलाइनखबरलाई जानकारी दिए । आर्यनसहितका कलाकारको राहदानी लगेर दिल्ली पुगेका पराजुली अहिले सम्पर्कबिहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित