Khabar Samachar

Search
Close this search box.

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले निर्वाचन परिचालन कमिटी गठन

211
VIEWS

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले अब प्रदेश, जिल्ला र गाउँपालिका तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने जानकारी रिजालले दिएका छन्।

निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन्।

एमालेले तत्कालै वाम गठबन्धन नहुने बताउँदै एक्लै चुनावमा जाने निष्कर्ष निकालेको छ। एमालेले आगामी भदौ २४ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न पनि मातहत कमिटीहरूलाई भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित