Khabar Samachar

सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्न खोजियो – महेश बस्नेत

220
VIEWS

नेकपा एमालेका सासंद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताएका हुन्। माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौतारामा मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले गत वैशाखको मनोनयनका क्रममा माओवादी कार्यकर्ताले रोक्न खोजेका थिए।

त्यही भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत भक्तपुरका वाईसीएल कार्यकर्ताबाट लखेटिएको भनिएपछि उनले यस्तो गुनासो गरेका हुन्।

माओवादी केन्द्रकै कार्यकर्ताबीच वैशाखमा भएको तनावको भिडिओ राखेर चरित्र हत्या गरिएको उनले बताएका हुन्।बस्नेतले यसविरुद्ध आफू कानुनी प्रक्रियामा जाने पनि उल्लेख गरेका छन्। बस्नेतले आफ्नो चरित्र हत्यामा माओवादी कार्यकर्ताको संलग्न रहेको पनि जिकिर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित