Khabar Samachar

Search
Close this search box.

केपी ओलीको क्षेत्रबाट हास्य कलाकार ‘जिग्री’ ले उम्मेदवारी दिने

205
VIEWS

चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय अझै फाइनल हुन बाँकी रहेको कलाकार कुमार कट्टेलले बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने–‘छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ आफु उम्मेदवार बन्ने नबन्ने निर्णय नभएपनि बन्न सक्ने सम्भावन धेरै भएको उनले सुनाए । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित