Khabar Samachar

Search
Close this search box.

काठमाडौं-६ बाट भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस

204
VIEWS

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।

समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो ।

प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए ।

यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित