Khabar Samachar

Search
Close this search box.

सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

215
VIEWS

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।

हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित