Khabar Samachar

संसदकाे कार्यकाल लम्ब्याउने प्रस्तावबाट पछि हट्याे सरकार

203
VIEWS

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा सांसदहरु शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी, बिन्दा पाण्डेले विधेयकका केही बुँदाहरुमा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।त्यसैगरी सांसदहरु विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो । सरकारले ल्याएको विधेयकका केही बुँदामध्ये संसदको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदहरुले विरोध गर्दै संशोधन प्रस्ताव हालेका थिए । त्यसमा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।​ कानुन मन्त्रीले   विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेका हुन् ।

संसदको कार्यदल थप्ने सरकारको प्रस्तावको नेकपा एमालेले र सत्ता गठबन्धनकै केही नेताहरुले विरोध गर्दै आएका थिए । यस्तै निर्वाचन आयोगले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाएको थियो ।

सरकारले ल्याएको विधेयकका केही बुँदामध्ये संसदको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदले विरोध गर्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । त्यसमा कानुनमन्त्री शर्माले संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।​ कानुनमन्त्रीले विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेपछि अधिकांश संशोधनकर्ताले संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

संसदको कार्यकाल थप्ने सरकारको प्रस्तावको नेकपा एमालेले र सत्ता गठबन्धनकै केही नेताले विरोध गरेका थिए । यस्तै, निर्वाचन आयोगले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । प्रतिनिधि सभाको अर्को बैठक भदौ २२ गते बुधबार दिउँसो १ बस्नेगरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित