नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६० प्रतिशत क्षेत्र आफूहरूले लिने निर्णय गरेको छ।सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूका नाम राय पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।
कांग्रेस मधेश प्रदेश कार्यसमितिल भने अरू दललाई ४० प्रतिशत सिट मात्रै छाड्न सकिने बताएको छ।
‘मधेशमा कांग्रेसको सबैभन्दा धेरै जनाधार भएकोले ६० प्रतिशत सिट राखेर अरू गठबन्धनलाई छाड्ने निर्णय भएको छ,’ प्रचारप्रसार समिति प्रमुख नितेश गुप्ताले भने।
साथै बैठकले जिल्लाबाट सिफारिस भई आएका सबै उम्मेदवारका नाम केन्द्रमा पठाउने पनि निर्णय गरेको छ। ‘सिफारिसमा परेका उम्मेदवारका नाम रायसहित केन्द्रमा पठाउँछौं,’ उनले भने।
उक्त बैठकले आवश्यकता मधेस प्रदेशमा अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै, केन्द्रद्वारा तर्जुमा गरिने घोषणा पत्रमा मधेसको आर्थिक समाजिक रुपान्तरणको लागि मुद्दाहरु समावेश गराइने, स्वर्गीय नेता प्रदीप गिरिको निधन प्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको प्रचारप्रसार प्रमुख गुप्ताले जानकारी दिए ।
Discussion about this post