Khabar Samachar

Search
Close this search box.

ओस्कार २०२२: विल स्मिथले जिते उत्कृष्ट अभिनेताको ओस्कार

210
VIEWS

सन् २०२२को एकेडेमी अवार्ड सोमबार बिहान दिइएको छ। यसवर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले पाएको छ। फिल्म ‘द पावर अफ डग’का निर्देशक जेनी क्याम्पियनले उत्कृष्ट निर्देशकको उपाधि पाएकी छन्। निर्देशकको रूपमा ओस्कार पाउने क्याम्पियन तेस्रो महिला हुन्।

हलिउड अभिनेता विल स्मिथले यस वर्ष ओस्कार अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनले फिल्म किङ रिचार्डको लागि यो ओस्कार पाएका हुन्।

फिल्ममा उनले चर्चित टेनिस खेलाडी सेरेना तथा भेनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका छन्। ५३ वर्षीय अभिनेता स्मिथ यसअघि अलि, द पर्स्युट अफ ह्यापिनेस ओस्कारमा नोमिनेसनमा परेका थिए।

सोमबार अमेरिकाको डल्बी थिएटरमा भएको कार्यक्रममा उनले डेन्जेल वासिङटन, एन्ड्र्यु गारफिल्ड, बेनेडिक्त कुम्बरब्याचजस्ता अभिनेतालाई पछि पार्दै अवार्ड हात पारेका हुन्।

जेसिका चैस्टेनले फिल्म ‘द आइज अफ टेमी फेय’को लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्। उनको पनि ओस्कारमा तेस्रो मनोनयन हो। सह-अभिनेता र अभिनेत्रीको अवार्ड क्रमस ट्रोइ कोत्सर र एरियाना डिबोसले जितेका छन्। ट्रोइ कोत्सरले कोडाको लागि ओस्कार प्राप्त गरे भने एरियाना डिबोसले द वेस्ट साइड स्टोरीको लागि अवार्ड हात पारिन्।

सबैभन्दा धेरै विधामा अवार्ड पाउने फिल्म ‘ड्युन’ बनेको छ। यस फिल्मले ६ वटा विधामा अवार्ड पाएको हो। उत्कृष्ट छांयाकन, सम्पादन, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, ध्वनी तथा ब्याकग्राउन्ड स्कोरका लागि ड्युनले ओस्कार प्राप्त गरेको हो।

मेकअप एन्ड हेयरस्टाइलिङको अवार्ड ‘द आइज अफ टेमी फेय’ले प्राप्त गर्‍यो।

त्यस्तै जापानको ‘ड्राइभ माइ कार’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पायो।

कस्ट्युम डिजाइन क्रुएलाको लागि जेन्नी विभान, एडप्टेड स्क्रिनप्ले कोडाको लागि सायन हेडेर, ओरिजिनल स्क्रिनप्ले बेलफास्टको लागि केनेथ ब्रानग ओस्कार प्राप्त गरेका छन्।

एनिमेटेड तथा डकुमेन्ट्री फिचरमा क्रमश: एनकान्टो तथा समर अफ सउलले ओस्कार पाए। नो टाइम टु डाइको लागि बिल्ली एलिस र फिनेस ओ कनेलले ओरिजिनल सङको अवार्ड पाए।

त्यस्तै सर्ट फिल्ममा एनिमेटेड तर्फ ‘द विन्डसिल्ड वाइपर’ र लाइभ एक्सन सर्टमा ‘द लङ गुडबाइ’ले अवार्ड आफ्नो पोल्टामा पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित