Khabar Samachar

Search
Close this search box.

चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

208
VIEWS

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित