Skip to main content

Khabar Samachar

Search
Close this search box.

डोजर लिएर टुकुचा खोला खोज्दै महानगर जय नेपाल हल

238
VIEWS

काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ ।

जय नेपाल हल क्षेत्रमा डोजरले अहिले १० मिटर गहिरो खाल्डो बनाइसके पनि टुकुचा खोला नभेटिएको महानगरले जनाएको छ । महानगरका अनुसार डोजर अन्य सम्भावित ठाउँमा पनि खन्ने प्रयास भइरहेको छ ।

महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर अतिक्रमित गरेको स्थानहरु हटाउन निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु नहटेको नगर प्रहरीले बताएको छ ।

वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला क्षेत्रको खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित