काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ ।
जय नेपाल हल क्षेत्रमा डोजरले अहिले १० मिटर गहिरो खाल्डो बनाइसके पनि टुकुचा खोला नभेटिएको महानगरले जनाएको छ । महानगरका अनुसार डोजर अन्य सम्भावित ठाउँमा पनि खन्ने प्रयास भइरहेको छ ।
महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर अतिक्रमित गरेको स्थानहरु हटाउन निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु नहटेको नगर प्रहरीले बताएको छ ।
वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला क्षेत्रको खोजी भइरहेको बताए ।
Discussion about this post