Khabar Samachar

Search
Close this search box.

नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसलाई क्रिकेटको पहिलो स्वर्ण

203
VIEWS

नेपाल पुलिस क्लवले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेको छ। राजधानीमा सम्पन्न पुरूष क्रिकेटको फाइनलमा विभागीय प्रतिद्वन्द्धी नेपाल आर्मी क्लबलाई ८ विकेटले हराउँदै स्वर्ण पदक जितेको हो।

पुलिसको जितमा कुशल भुर्तेल र सुनिल धमलाले विस्फोटक पारी खेले। पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका भुर्तेलले १९ बलमा ५१ रन जोडे।

१७ बलमै अर्धसतक बनाएका भुर्तेलले ६ छक्का र ३ चौका प्रहार गरे। यस्तै १७ बल खेलेका धमलाले ४ छक्का र २ चौकासहित ४२ रन बनाए।

दिपेन्द्र सिंह ऐरीले ४ रन बनाउँदा आरिफ शेखले ६ रन बनाउँदै ७ बल अगाडिनै जित दिलाए।

आर्मीका लागि जितेन्द्र मुखिया र सुशन भारीले १-१ विकेट लिए।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो।।

आर्मीका कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए। रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८ रन बनाए।

पुलिसका गुलशन झाले २ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। स्पिनर ललित नारायण राजवंशीले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए। राशिद खान र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित