Khabar Samachar

Search
Close this search box.

अछाम पहिरो अपडेट : मृतकको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

204
VIEWS

अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ।

  अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार अझै ११ जना बेपत्ता रहेका छन्। कमलबजार नगरपालिका–६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए। यस्तै त्यहाँ ३ जना बेपत्ता रहेका छन्।

कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ। त्यहाँ एक जनाको उद्धार गरिएको छ।
ढकारी गाउँपालिका–६ मा पहिरोमा परेका ५ जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्। ३ जनाको सकुसल उद्धार गरिएको छ।

तुर्माखाँद गाउँपालिका–५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित