Khabar Samachar

Search
Close this search box.

गायक मुरलीधर राप्रपा प्रवेश, सिरहाबाट प्रतिनिधिसभाका लागि उठ्ने

206
VIEWS

गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा उनलाई स्वागत गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका ‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’, जस्ता गीत चर्चित छन् ।उनले उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानी जस्ता लोकलयमा आधारित गीतसमेत गाएका छन् ।

राप्रपाले मुरलीधरलाई पार्टीमा स्वागत गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सिराहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाउने प्रवक्ता श्रेष्ठले गरेका छन् ।

अध्यक्ष लिङ्देनले मुरलीधर जस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित