Khabar Samachar

Search
Close this search box.

समानुपातिक सूची सच्याउन कांग्रेस बैठक बालुवाटारमा जारी

213
VIEWS

समानुपातिकतर्फको विवाद मिलाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसिरहेको छ।आयोगले कांग्रेसलाई लागि समानुपातिक सूची सच्याउने समय शुक्रबारसम्म दिएको छ। सूची सच्याउनका देउवाले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका छन्।

पार्टीभित्रकै शेखर कोइराला समूहले दबाब बढाएपछि देउवाले सूची सच्याउन आफू तयार रहेको बताउँदै आएका छन्। शेखर कोइराला पक्षले समानुपातिक सूची तयार पार्दा आफूहरुलाई कम महत्त्व दिएको भन्दै पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन्।

सत्ता गठबन्धनको बैठकसँगै सभापति देउवाले पार्टीभित्रको विवाद पनि मिलाएर मंसिर ४ गते निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार तय गर्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित