Khabar Samachar

डेंगु संक्रमितका लागि उपत्यकाका ३० स्थानमा निशुल्क सिटामोल

209
VIEWS

सरकारले डेंगु संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकाका विभिन्न ३० स्थानमा निशुल्क पारासिटामोलको व्यवस्था मिलाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका प्रमुख अस्पताल, महानगर र नगरपालिकाहरुमासमेत निशुल्क वितरण गर्नेगरी सिटामोलको व्यवस्था मिलाइएको जनाएको छ। 

मन्त्रालयले सबै सरोकारवालाहरूलाई यस प्रकोपको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन परिपत्र गरिएको जनाएको छ।

बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले यस प्रकोपको रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा विभिन्न स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरू मार्फत गरिएका क्रियाकलापहरूको दैनिक प्रतिवेदन अध्ययन गर्दा काठमाडौं उपत्यकामा यसको प्रकोप अन्य स्थानको तुलनामा बढी देखिएको उल्लेख गरेको छ।

‘डेंगु ज्वरो संक्रमित एडीज जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने भाइरस रोग हो। डेंगु संक्रमण भएमा विशेष गरी उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षणहरू देखा पर्दछन्। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सल्लाह अनुसार प्रसस्त झोलिलो पदार्थ पिउने, उच्चज्वरो भएमा पारासिटामोल औषधि सेवन तथा लक्षण जटिलताका आधारमा अन्य विशेष उपचार तथा चिकित्सकिय परामर्श लिनुपर्ने हुन्छ’ मन्त्रालयको सूचनामा भनिएको छ।

डेंगु संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाउदै विभिन्न निकायहरूलाई निशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको, त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारी अधिकारीले जनाएका छन्।

यी ३० स्थानमा पाइनेछ निशुल्क सिटामोल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित