Khabar Samachar

प्रत्यक्षका उम्मेदवार टुंगो गर्न बालकोटमा एमाले सचिवालय बैठक

205
VIEWS

केपी शर्मा ओलीको निवास बालकोटमा आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो गर्न बैठक बसिरहेको छ।

  निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी एमाले सचिवालय बैठक बालकोटमा सुरु भएको हो।
  एमाले उपमहासचिव विष्णु रिमालका अनुसार यो बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवबारे छलफल हुनेछ।

यो सचिवालय बैठकले आगामी असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि टिकट दिने सम्भावित नेताहरुबारे निर्णय लिन सक्नेछ।

त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितसँग चुनावी  तालमेलबारे पनि कुरा हुने बताइएको छ।

लोसपाले एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न राजेन्द्र महतो नेतृत्वमा कार्यदल बनाइसकेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि एमालेसँग संवादमा छ।

उता कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि केही स्थानमा एमालेको सहयोग लिने तयारीमा छ। सत्ता गठबन्धनले भागवण्डा मिलाउँदै गर्दा एमालेले पनि आफ्ना उम्मेदवारबारे निर्णय लिनेछ।

एमालेमा समानुपातिक सूचीलाई पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन्। त्यगरै विगतको विवादमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका १० भाइ नेताहरुको टिकटबारे पनि छलफल जारी छ।

एमाले नेता भीम रावललाई अछाम जिल्ला कमिटीले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको विषय पनि गम्भीर रुपमा उठेको छ।

एमाले सुदूरपश्चिमका नेताहरुले रावलको नामलाई लिएर म‌ंगलबार ओलीसँग संवाद गरेका छन्। ओलीले पनि पार्टी सम्पर्कमै नरहेका नेताको नाम कसरी सर्वसम्मत भयो भनेर जिज्ञासा राखेका थिए।

निर्वाचन आयोगले पनि कांग्रेस र एमालेसहित सबै दलको समानुपातिक सूची नमिलेको भन्दै सच्याएर ल्याउन निर्देशन दिएको छ। उक्त सूची पनि आगामी असोज १६ गतेसम्म सच्याएर अन्तिम रुप दिनुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित