Khabar Samachar

Search
Close this search box.

महानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था

203
VIEWS

दशैं बिदामा काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।

२४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेङ्गुको बारेमा पनि जानकारी लिन सकिने शाहको भनाइ छ । १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न पनि सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित