अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ९ नौलापानीस्थित थेरवाङ जंगलमा रहेको सिँचाइ पोखरीमा खसेर २७ वटा बाँदर डुबेर मरेका छन् ।
जंगलको बीचमा रहेको पोखरीमा सबै बाँदर खसेपछि लगातार सबै बाँदर पोखरीमा खसेर डुबेको डिभिजन वन कार्यालयका फरेष्टर दिपक पाण्डेले बताए । बाँदर कसरी पोखरीमा खसे भन्नेबारे अनुसन्धान भैरहेको छ ।
सिँचाइको लागि निर्माण गरिएको पोखरी हो । अर्घा गाउँबाट थेरवाङ जंगलमा पुग्न डेढ घण्टा पैदल हिँडेर पोखरी भएको स्थानमा पुगेको उनले बताए । शनिवार साँझ बाँदर पोखरीमा डुबेका हुन्।
पोखरीलाई छ फिट तारजाली लगाइएकाले बाँदर निस्कन नसकेको पाण्डेले बताए । मरेका बाँदरलाई खाडल खनेर गाडिएको उनले बताए । स्थानीयका अनुसार पोखरीमा पानी खान पसेको हुनसक्ने आशंका गरेका छन् ।
Discussion about this post