Khabar Samachar

Search
Close this search box.

कांग्रेसले हालै केन्द्रीय सदस्यमा मनोनित र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्‍ने

203
VIEWS

नेपाली कांग्रेस केन्द्रीय समितिमा हालै मनोनित भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरूलाई कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ।

उनीहरू प्रत्यक्षमा निर्वाचन लड्न भने पाउँछन्। तर समानुपातिक सूचीबाट प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ।
कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनित भएका थिए।

किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो।त्यस्तै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर मनोनीत भएका थिए।

यस्तै कांग्रेसले समानुपातिक उम्मेदवार सूचीमा पनि केही हेरफेर गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित