Khabar Samachar

Search
Close this search box.

समानुपातिक बन्दसूचीमा रहेका २९ जनाले नाम फिर्ताका लागि दिए निवेदन

203
VIEWS

विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका छन्।

उनीहरुले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरुलाई पनि यसको जानकारी गराएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरुले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन्।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन्।

उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको उनले जानकारी दिए।

यसरी निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन्।

यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको उनले बताए।

आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार १२ बजेसम्मको समय तोकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित