Khabar Samachar

Search
Close this search box.

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

202
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकता भएको छ। विभिन्न ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो।डा मनोज कुमार झाको नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो। मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन्।

राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उपाध्यक्ष तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य राम नारायण साह (सुनिल) सहभागी थिए।

मोर्चाका तर्फबाट अध्यक्ष डा झा, केन्द्रीय सचिवालय सदस्य नगीना कुमारी झा, केन्द्रीय सदस्य बुलन यादव, दया शंकर राउत (सानु जी), बिना मण्डल, दीपक कुमार सिंह लगायतको उपस्थिति रहको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित