Khabar Samachar

Search
Close this search box.

निर्वाचन आयोगले ७३ दललाई दियो आफ्नै निर्वाचन चिह्न

203
VIEWS

 निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७३ साना दलहरूलाई आफ्नै चुनाव चिह्न प्रदान गर्ने भएको छ।

आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई मागेकै चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ।

स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए। राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउँछन्।

राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिह्न पाउनु पर्ने माग गरेका थिए। सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो। त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको हो।

स्थानीय तह निर्वाचन, २०७९ को निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थाहरुलाई चैत १३ गतेसम्म निवेदन पेस गर्न पनि आयोगले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित