Khabar Samachar

Search
Close this search box.

प्रचण्डविरुद्ध गोरखा २ मा उम्मेदवारी दिने डा माधवी भट्ट पराजुलीको घोषणा

257
VIEWS

नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गरिरहेकी भट्टले गठबन्धनबाट प्रचण्ड उम्मेदवार बनेपछि कांग्रेसको मतमाथि रजाइँ गर्न नदिने भन्दै प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध माधवी भट्ट पराजुलीले उम्मेदवारी दिने घोषणा गरेकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबूकमा उम्मेदवारीबारे जानकारी दिँदै भनेकी छिन्, ‘प्रचण्डविरुद्ध मेरो उम्मेदवारी!! गोर्खाले मलाइ न्याय गर्नेछ।’

साथै उनले जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषयलाई आफ्नो चुनावी मुद्दा बनाउने बताइएकी छन्।
उनले गोरखा २ आफ्नो जन्मस्थान मात्र नभइ नेपाली कांग्रेस पार्टी निर्माणमा आफ्नो पिता रोहिणी भट्टको त्याग, तपस्या र बलिदानी रहेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित