Khabar Samachar

Search
Close this search box.

एमालेका रामवीर मानन्धरको काठमाडौं-७ मा बागी उम्मेदवारी

211
VIEWS

नेकपा एमालेका रामवीर मानन्धरको काठमाडौं निर्वाचन क्षेत्र ७ मा बागी उम्मेदवारी दिएका छन । मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मानन्धर यसअघिका निर्वाचनमा एमालेबाट काठमाडौं ७ बाट निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनलाई पार्टीले टिकट दिएको थिएन । गत स्थानिय निर्वाचनमा मेयरका उमेद्वार केशब स्थापितलाई असहयोग गरेको आरोप छ ।

मानन्धरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको बताए । उनले अझै पनि समय रहेको भन्दै नेताहरुले सोच्नुपर्ने बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित