Khabar Samachar

Search
Close this search box.

बालेनबाट ठेला खोसिएकी शर्मिलालाई हर्कले एक महिनाको तलब दिने

205
VIEWS

 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पछिल्लो समय फुटपाथ गरिने व्यापार बन्द गराउने अभियानमा छन्।

 

त्यसका लागि उनले सडक र फुटपाथमा गरिने ठेलासहितको व्यापारलाई निषेध अभियान नै चलाएका छन्।

युएन पार्कनजिकै बागमती किनाराको सुकुम्वासी बस्तीमा बनाइएको झुपडीमा बस्दै आएकी शर्मिला तामाङको ठेला बिहीबार काठमाडौंको नगरप्रहरीले खोस्यो।

शुक्रबार थापाथलीस्थित प्रसूति गृहको दुई नम्बर गेट अगाडि पानीपुरी र चटपटे बेच्ने ठेला खोसिएपछि उनले रोएका र बिलौना गरेका भिडिओ अहिले भाइरल भइरहेका छन्।

यसलाई लिएर मेयर  साहको कार्यशैली निन्दनीय भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ।

यस्तोमा सुरुदेखि नै बालेनको कार्यशैलीको आलोचना गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शर्मिलालाई एक महिनाको तलब दिने घोषणा गरेका छन्।

बालेनले राजधानी संरचना तोडफोड गर्दा पनि विरोध गरेर भाइरल भएका साम्पाङले शुक्रबार साँझ उक्त घोषणा गरेका हु्न्।

‘यी बैनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु’, क्षण क्षणमा स्टाटस लेखिरहने उनले उनले शुक्रबार साँझ फेसबुकका शर्मिला रोइरहेको फोटो हाल्दै भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित