Khabar Samachar

Search
Close this search box.

डेंगीका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

204
VIEWS

डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखा परेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्।

डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्।

उनका अनुसार डेंगी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, बान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरू बढी देखिने गर्छन्।

डेंगी, फ्लू र सामान्य रूघाखोकी, ज्वरोलगायतमा केही लक्षण आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी शतर्क रहन पनि  डाक्टर गौतमको सुझाव छ। डेंगी सरूवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन्।

‘डेंगीमा ज्वरो सुरूमा नै धेरै आउँछ। केही प्रतिशत बिरामीको सामान्य ज्वरो पनि छ। रूघाखोकीको लक्षण त्यति देखिएन। तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ। घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौं। धेरै जना झुक्किनुभएको छ टन्सिल हो कि भनेर,’ उनले भनिन्।

डाक्टर गौतमले यस वर्ष गत भदौदेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू बढेका र अस्पतालहरूमा डेंगीका बिरामीको चाप बढेको बताइन्।

‘भदौदेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामी आइरहेका छन्। डेंगीका बिरामीको चाप धेरै छ। त्यसमा पनि डेंगीसँगै डेंगीजस्तै लक्षण दखिने फ्लूका बिरामी, कोभिडका पनि केही बिरामीहामीले भेटेका छौं,’ उनले भनिन्।

डाक्टर गौतमका अनुसार सामान्यतः रूघाखोकी, डेंगी र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिन्छ। सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जान्छ। भाइरल ज्वरोका बिरामी पछिल्लो समय धेरै देखिन थालेको भन्दै उनले स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन्।

त्यस्तै धेरै घाँटी दुख्ने, सुरूमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगी हुनसक्ने तर ज्वरो आउनेबित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घन्टापछि मात्रै अस्पताल जान सुझाव दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित