नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको रुख चिह्न र माओवादी पार्टीको हँसिया हथौडालाई धेरै पहिलादेखि एक बनाइसकेको दाबी गरेका छन्।
आइतबार काठमाडौं–२ का उम्मेदवारहरुको परिचायत्मक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले निर्वाचन चिह्नको विषयलाई लिएर आग्रह पूर्वाग्रह नराख्न दुवै पार्टीका नेता/कार्यकर्तालाई अपिल गरे।
‘हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने? रुखले हँसिया हथौडामा कसरी भोट हाल्ने? या रुखले कसरी कलममा भोट हाल्ने? या कलमले रुखमा कसरी भोट हाल्ने भन्ने कुरा यदाकदा सुनिन्छन्’, प्रचण्डले भने, ‘हामीले धेरै पहिलेदेखि हँसिया हथौडा र रुखलाई एक बनाइसकेका छौं।’
उनले शान्ति सम्झौतामा सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेको बताउँदै आफूले रुखमा छाप लगाएजस्तै भएको उल्लेख गरे।
Discussion about this post