Khabar Samachar

ओनसरीलाई जिताउनु ,राम्रो विकासे मन्त्री बनाएर पठाउँछु – पुष्पकमल दाहाल प्रचण्ड

202
VIEWS

 

सत्ता गठबन्धनले आइतवार काठमाडौंको काँडाघारीमा क्षेत्र नम्बर २ का उम्मेदवारको परिचयात्मक कार्यक्रम गरेको छ।

कार्यक्रमलाई सम्बोधनका क्रममा माओवादी अध्यक्ष प्रचण्डले नेतृ ओनसरी घर्तीलाई उम्मेदवार बनाएर पठाउनु कठमाडौं क्षेत्र नम्बर २ का जनताप्रतिको सम्मान भएको बताए।

‘गठबन्धनमा काठमाडौं क्षेत्र नम्बर २ टुंगिएको थिएन। माधवजी पनि रौतहट जाने निर्णयमा हुनुहुन्थ्यो’, उनले भने, ‘ओनसरी घर्तीभित्र मैले केही प्रतिभा छ भनेको थिएँ। उहाँले पार्टीबाट जहाँ भए पनि लड्छु भन्नु भएको थियो। ओनसरीसहित सबैलाई जिताउनुस्। उहाँलाई विजयी बनाएपछि म राम्रो विकासे मन्त्री बनाएर पठाउँछु।’

उनले गोरखामा जस्तै काठमाडौंमा पनि निर्वाचन चिह्नलाई लिएर आग्रह पूर्वाग्रह नगर्न भने।

‘रुखले कलममा, कलमले रुखमा कसरी हाल्ने भन्ने भएको छ। हामीले धेरै पहिलेदेखि रुख र हँसिया हथौडालाई एक बनाइसकेका हौँ’, उनले भने, ‘कम्युनिष्ट पार्टी र कांग्रेसको झण्डा एकसाथमा राखेर उभिएका थियौँ।गणन्त्र  र संघीयता ल्याउनु सही हो भने रुखवालाले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा भोट हाल्न डराउनु हुँदैन।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको उपस्थितिमा उक्त कार्यक्रम भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित