Khabar Samachar

Search
Close this search box.

निर्वाचन आयोगको चेतावनीले सत्ता गठबन्धनको चुनावी सभा प्रभावित हुने

205
VIEWS

निर्वाचन आयोगको चेतावनीपछि सत्ता गठबन्धनको चुनावी सभाको कार्यतालिका प्रभावित हुने भएको छ।आयोगले कात्तिक १८ गते अगाडि चुनावी सभा गर्न नपाइने भन्दै चेतावनी दिएको छ।सत्ता गठबन्धनले कात्तिक ४ गतेदेखि ७ गतेसम्म देशका प्रमुख सहर तथा प्रदेश राजधानीहरुमा चुनावी सभा गर्ने कार्यतालिका तय गरेको छ। ती सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको छ।

तर, आयोगले भने कात्तिक १८ गते अगाडि चुनावी सभा आयोजना गरिएमा उम्मेदवारी खारेजसम्म हुनसक्ने चेतावनी दिएको छ।

सोमवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले दलहरुले कार्तिक १८ गतेदेखि मात्रै चुनावी प्रचार प्रसार गर्न पाउने बताए। अहिले भने बढीमा २५ जनाले मात्रै घरदैलो गर्न पाउने आयुक्त भण्डारीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित