काठमाडौँ महानगरपालिकाले आफू बसेको समाज तथा टोलमा छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरू सार्वजनिक भएमा सामाजिक न्यायिक वा प्रहरी कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ ।
नेपालको संविधानको धारा १८ मा समानताको हकको प्रत्याभुति गरिएकाले महानगरले जारी गरिएको सूचनामा लेखिएको छ,’ समाजमा अझै पनि छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरू घट्दै आइरहेका छन् ।‘
महानगरले छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटना न्यूनीकरण गर्न नीति तथा कानून तर्जुमा गरी विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको छ ।
Discussion about this post