Khabar Samachar

प्रधानमन्त्री देउवाको प्रश्न : हँसिया-हथौडा र कलममा भोट हाल्न किन लाज मान्ने ?

205
VIEWS

लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन भएकोले यसमा कुनै शंका र उपशंका नगर्न आग्रह गरेका हुन् । मतपत्रमा ‘हँसिया हथौडा’ भएको ठाउँमा ‘हँसिया हथौडा’मा, ‘कलम’ भएको ठाउँमा ‘कलम’मा र ‘रुख’ भएको ठाउँमा ‘रुख’मा मतदान गर्न उनले गठबन्धन दलका नेता तथा कार्यकतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्रको चुनाव चिह्न ‘हँसिया हथौडा’ र एकीकृत समाजवादीको चुनाव चिह्न ‘कलम’मा भोट हाल्न किन लाज मान्ने भनेर प्रश्न गरेका छन् ।‘देश बचाउनु पनि छ र गठबन्धन जोगाउनु पनि छ,’ देउवाले भने, ‘संविधानको रक्षा, समावेशी, संघीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन आवश्यक छ ।’ गठबन्धनको सरकार बनेपछि धेरै अवसर सृजना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उनको भनाइ थियो । उनले टिकट र अवसरको आस राखेर पनि नपाएका नेताहरूलाई गठबन्धनका उम्मेदवार जिताउनतिर लाग्न अपील गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने र हामीले किन नहुने भन्ने पनि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रश्न थियो । ओलीले केही गरेर भए पनि देशलाई बर्बादै गर्ने भएकाले देशलाई बचाएर लोकतन्त्र, संघीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैलाई भोट हाल्न लगएर गठबन्धनलाई जिताउन देउवाको आग्रह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित