Khabar Samachar

पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन

202
VIEWS

पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १:१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए ।

श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने पौडेलले बताए । त्यसपछि श्रेष्ठको शवलाई अन्त्येष्टिका लागि देवघाट लगिने उनले जानकारी दिए ।

दानवीरका रुपमा चिनिएकी मैयादेवी श्रेष्ठ मैयादेवी कन्या कलेज भरतपुरको संस्थापक संरक्षकसमेत हुन् । अविवाहित रहेकी श्रेष्ठले धर्मछोराहरु तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक तथा जग्गा दान गरेकी थिइन् ।

काठमाडौं रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन् । कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेको जग्गामा छ ।लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा क्षेत्र नं. २ बाट सांसद निर्वाचित भइन् । २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन् । ०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदमा पनि उनी सांसद थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित