Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस वडा समितिद्वारा चुनाव बहिष्कार

202
VIEWS

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली काङ्ग्रेसकै वडा समितिले चुनाव बहिष्कार गर्ने भएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको भन्दै भागेश्वर गाउँपालिका–५ को वडा समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको उल्लेख गरिएको छ ।

थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ ।’

यस बिषयमा जिल्लाका कुनै पनि नेतासँग वार्ता नहुने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । ‘यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका नेपाली कांग्रेसका कुनै पनि नेताहरूसँग वार्ता नगरी स्वयम सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र वार्ता गर्ने कुरा जानकारी गराइन्छ ’ विज्ञप्तिमा भनिएको छ ।

डडेल्धुरामा प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री स्वयं उम्मेदवार छन् भने प्रदेश सभा २ मा काङ्ग्रेसकै गोविन्द बोहरा र १ मा गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित