नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्ना नेता कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिएका छन्।
भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिएका छन्।
उनले भने, ‘चुनावलाई युद्धका रुपमा लिएर मैदानमा होमिन हामी तयार भइसकेको छौँ। घरघरमा पुगेर जनताको समस्या आलोचना सबै सुन्नुपर्छ।’देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको उनले बताए।उनले भने, ‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधैं जोडिन टेलिफोेन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्। ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’
उनले गएको पाँच बर्ष आफ्नो कार्यकाल सफल भएको दाबी गरे। एमाले नेतृत्वको सरकारले हालेको बजेट काटेर भक्तपुरको विकास रोकेको उनको आरोप छ।
भारतले गरेको नाकाबन्दीलाई गठबन्धनका नेताहरु बोल्न नसकेको बेलामा ओलीले डटेर सामाना गरेको बताए। ओलीले नै आफ्नो गुमेको भूमि फिर्ता ल्याउन पहल गरेको बताए। उनले भने, ‘हामीले ल्याएको चुच्चे नक्सा गठबन्धन सरकार आएपछि बुच्चे भएको छ।’
Discussion about this post