Khabar Samachar

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यु हटयो, अवस्था सामान्य

203
VIEWS

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका–८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ । सो क्षेत्रको अवस्था सामान्य भएपछि गए राति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले विज्ञप्ति प्रकाशन गरि जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले पररियाटोलको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

१० गते बिहीबार भंगाहा नगरपालिका -८ स्थित पररियामा  दुई समुदायबीच झडप पश्चात शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा ४ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यीकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन। २०२८ को दफा ६क को उपदफा ५ बमोजिम शुक्रबार राति १० बजे देखि लागू हुने गरी कर्फ्यु हटाईएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत बिहीबार हिन्दू र मुस्लिम समुदायका पक्षबीच झडप भएपछि अनिश्चितकालिन कर्फ्यु लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित