विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।परराष्ट्र मन्त्रालयका ती अधिकारीका अनुसार नोटमा मुख्य तीनवटा विषय समेटिएको छ । सीमावर्ती क्षेत्रमा यस्ता निर्माण कार्यहरू गर्दा स्थानीय प्रशासन र जनसमुदायलाई पूर्व सूचना दिन र सहकार्य गर्न आग्रह गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् । गृह मन्त्रालयले शनिबार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।
यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
Discussion about this post