उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
रातभर निरहार ब्रत बसे सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन भएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको थियो।
त्यहाँ पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत आइतबार छठी माताको पूजा आराधना गरेकी थिइन्। सोमबार बिहान रातभर ब्रत बसेका ब्रतालुहरुले उदाँउदो सूर्यलाई अर्घ्य दिएका छन्।
Discussion about this post