Khabar Samachar

Search
Close this search box.

रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

204
VIEWS

रूपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ।

छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना बिहान ५:४५ को हो। हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया ४ कै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो।

दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन्।

घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिएको गाडी भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित