Khabar Samachar

Search
Close this search box.

गोली हानेर अमेरिकी र्‍यापरको हत्या

203
VIEWS

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको छ। मंगलबार उनको ह्युस्टनमा हत्या गरिएको हो। हिपहप समूह मिगोसका सदस्य समेत रहेका टेकअफ २८ वर्षका थिए।

  मिगोस ग्रुप अमेरिकाको पछिल्लो पुस्तामाझ चर्चित सांगीतिक ब्याण्ड हो।
  उनको हत्याको शोकमा विश्वभरका कलाकारले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।

नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि श्रद्धाञ्जलि लेखिरहेका छन्। उनको मंगलबार बिहान हत्या भएको स्थानीय प्रहरीले जनाएको छ।

उनको वास्तविक नाम किर्सिनिक खरी बल हो। बाटो हिँड्ने व्यक्तिले टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा फेला पारेका थिए ।

 गोली लागि घाइते भएका टेकअफलाई ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनर सहितका व्यक्तिले नजिकैको अस्पताल लगेका थिए।

अस्पतालले उनको आधिकारिक मृत्युको घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित