Khabar Samachar

Search
Close this search box.

योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

206
VIEWS

 

प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।२५ जनाभन्दा बढी नेता कार्यकर्ता साथमा लिएर घरदैलो कार्यक्रम गरेको उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।

उक्त भेलाको फोटो भिडिओ आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित