पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन लागेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज (कात्तिक १७) चुनावी ‘वाचापत्र’ (घोषणापत्र) आज सार्वजनिक गर्दै छ।
उक्त पार्टीले घोषणापत्रलाई वाचापत्र भनेको छ। उसले भनेका छ, ‘हुन नसक्ने वाचा होइन, गर्न सक्ने र गर्नैपर्ने अनि जनताले प्रत्यक्ष राहत पाउने र महसुस गर्ने वाचापत्र लिएर आउँदै छौं।’वाचापत्र सार्वजनिक गर्न काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आज बिहान ११ बजे कार्यक्रम राखिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। कार्यक्रम पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा हुने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा सहभागी नहुने भएको छ।
Discussion about this post