Khabar Samachar

Search
Close this search box.

काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो

201
VIEWS

काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ।

शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए।

दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।

बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।

घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित