Khabar Samachar

Search
Close this search box.

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना

201
VIEWS

 

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले जरिवाना गरेको छ। वडाध्यक्ष रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ।

 

रिजालले निर्वाचन आचारसंहिता विपरित काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचार प्रसारमा संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गरेको हो।

वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको दाबी आयोगको छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित