Khabar Samachar

Search
Close this search box.

डडेलधुरामा मलाई चुनाव प्रचार गर्न रोक लगाइयो – सागर ढकालको गुनासो

207
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको बताएका छन् । उनले सोमवार वक्तव्यमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन् ।काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्।

ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन् ।उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा उनले भनेका छन्, ‘मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित