Khabar Samachar

Search
Close this search box.

मोरङ- ३ (१) मा मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

204
VIEWS

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसका  उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन्।  लिम्बू कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरंगका पूर्वसभापति  हुन्।बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बिहीबार मध्यान्ह उनले आफनो उम्मेदवारी दर्ता गराएका हुन्।

सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि मौका दिएको हो।

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्रीसमेत रहेका थापाको डेंगु र निमोनियाका कारण मृत्यु भएको हो। सत्ता गठबन्धनका उम्मेदवार लिम्बूले एमालेका उम्मेदवार  दीलिप राईसँग प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित