Khabar Samachar

Search
Close this search box.

एलओडीमा गुञ्जियो एमालेको चुनावी र्‍याप गीत

217
VIEWS

एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन्।

‘सहर सहरमा ओली’ गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेकोलगायतका विषय समेटिएका छन् ।

युवामाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै उनले फेसबुक पेजमा तस्बिरहरू राखेका छन् । ओली आफैँले पनि गीत गाए, रमाइलो गरे ।

केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।

शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो।

युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित