Khabar Samachar

Search
Close this search box.

नेपालले जित्यो साफ यू–१५ च्याम्पियनसिपको उपाधि

203
VIEWS

घरेलु टोली बंगलादेशलाई बराबरीमा रोक्दै साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ।

तीन राष्ट्र सहभागी प्रतियोगितामा डबल राउन्ड रोबिन पद्धतिमा भएकाले शीर्ष स्थानमा रहने टाेली च्याम्पियन बन्ने थियाे।

तीन खेलमा नाै अ‍ंक जाेडेकाे नेपाललाई बराबरीकाे नतिजा पर्याप्त भए पनि बंगलादेशलाई स्पष्ट जित आवश्यक थियो।

यस्तोमा घरेलु टोलीले पाएको पेनाल्टीलाई सुजाताले रोक्दै नेपाललाई हारबाट जोगाएर च्याम्पियन बनाउन सफल भएकी हुन्।

चार खेलमा तीन जित र एक बराबरीपछि १० अंकसहित शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन बन्यो। समान खेलमा सात अंक जोडेको बंगलादेश उपविजेता बन्यो। भुटानले भने चार खेलमा अंकको खाता खोल्न सकेन।

पहिलो खेलमा भुटानलाई ७-० ले हराएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १-० ले निराश पारेको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई १-० ले पन्छाएको थियो।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।

नेपालका लागि खेलको १४औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

तर दोस्रो हाफमा नेपालले अग्रता जोगाउन नसक्दा बराबरी गर्न पुग्यो। खेलको ५४ औँ मिनेटमा रुमा अख्तरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।

खेलको अन्तिम मिनेटमा नेपालकी विपना स्नेहीले ह्याण्ड गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो। तर नेपालकी गोलरक्षकले बचाउ गर्दै नेपालको संकट टारेकी थिइन्।

डबल राउण्ड रोबिनमा भएको च्याम्पिनयसिपको शीर्ष स्थानमा रहँदै नेपालले अपराजित रहेर उपाधि जितेको हो। नेपालले ४ खेलबाट १० अंक बनाउँदै च्याम्पियन बनेको हो।

नेपालले पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो।

घरेलु टोली बंगलादेश दोस्रो स्थानमा रहँदै च्याम्पिनयसिप सकाएको छ। भुटान पनि जित विहिन हुँदै तालिकाको पुछारमा रह्यो।

नेपालले भुटानलाई पहिलो खेलमा ७–० मा पराजित गरेको नेपालले दोस्रो खेलमा १–० ले हराएको थियो।

बगंलादेशले भने भुटानलाई पहिलो खेलमा ८–० ले तथा दोस्रो खेलमा ९–० को फराकिलो अन्तरले पाखा लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित